१२ आश्विन २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

एन आई सी एशिया बैंकका ग्राहकलाई होन्डा ब्राण्डका गाडी किन्दा विशेष सुविधा

एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. बीच बैंकका ग्राहकलाई होन्डा ब्राण्डका विभिन्न सवारी साधनहरू किन्दा आकर्षक ब्याजदर सहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।  

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र स्याकार ट्रेडिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले सोमबार हस्ताक्षर गरे।  

यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त कम्पनीले बेच्दै आएका होन्डा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहकले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहक महानुभावहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नेछन्।  

त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ।  

बैंकले उपलब्ध गराएको यस सवारी साधन कर्जा सुविधा मार्फत ग्राहक महानुभावहरुले होन्डा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडीहरु खरिद गर्न सक्नेछन्। 

प्रकाशित: १२ आश्विन २०८३ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App