१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेको आक्रमणमा सुरक्षा गार्ड

आइतबार बबरमहल क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक सुरक्षागार्डमाथि कुटपिट भएको छ।  

स्वास्थ्य बिमा बोर्डको कार्यालय गेटमा ड्युटीमा रहेका गार्डलाई प्रहरीलाई भित्र प्रवेश गर्न गेट खोलेको आरोपमा एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। कुटपिटबाट गार्डको बायाँ आँखामा चोट लाग्नुको साथै उनको आँखाबाट रगत बगेको छ। 

घटनापछि घाइते गार्डले आफू ड्युटीमा रहेका बेला कुनै गल्ती नगर्दा पनि आक्रमण भएको बताएका छन् ।  उनले गेट खोल्न आग्रह गरेपछि प्रहरीलाई प्रवेश दिएको तर त्यसकै कारण आफू कुटिएको बताएका छन्। आक्रमण पछि उनले भनेका छन , ‘एमाले भनेको यतिको हुन्छ  देख्नुभयो नि एमाले ? डिउटी बसेकोलाई हानेको छ , पुलिसलाई गेट खोल्देउ भनेर यसरी हानेको छ ।’  

उक्त घटनापछि बबरमहल क्षेत्र केही समय तनावग्रस्त बन्दा अन्य आन्दोलनकारी समेत घाइते भएका छन् । 

प्रकाशित: १५ चैत्र २०८२ १७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App