१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन्।

उनले आज सामाजिक सञ्जाल एक्स मार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले सो विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन संयमता अपनाउन र रचनात्मक मार्गप्रशस्त गर्न वार्तालाप गर्न आग्रह गरेका छन्। साथै उनले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्।

प्रकाशित: २५ भाद्र २०८२ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App