१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पराजित भएपछि पार्टी त्यागेको सरिन तामाङको घोषणा

रास्वपा कोशीको सभापतिमा पराजित भएपछि वर्तमान प्रदेश सभापति गोमा तामाङ सरिनले पार्टी त्यागको घोषणा गरेका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

कोशीको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् ।  बुधबार राति सम्पन्न निर्वाचनको  मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार राईले २८० मत ल्याएर विजयी भएका हुन् । राईका प्रतिष्पर्धी वर्तमान कोशी प्रदेश सभापति गोमा तामाङ(सरिन)ले १४१ मत ल्याएका छन् । कोशी प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए । यस्तै प्रदेशसदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको थियो  । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ ।

प्रकाशित: २८ जेष्ठ २०८३ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App