४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रविलाई सफलको व्यंग्य: ‘बेन्च सपिङ’ गरेर छुटेको कैदीले सुशासनको हाँक दिएछ

अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा दिएको अभिव्यक्तिलाई व्यंग्य गरेका छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले शुक्रबार मात्रै छुटेका थिए। 

त्यसपछि शनिवार लामिछाने चितवन पुगेर आफ्ना मतदातालाई सम्बोधन गरेका थिए। जसमा उनले सुशासन, भ्रष्टाचारलगायतको विरोधमा खरो सुनिएका थिए। 

त्यसैबारे सफलले फेसबुकमार्फत व्यंग्य गरेका छन्। ‘न्यायाधीश किनेर÷बेन्च सपिङ गरेर जेलबाट बाहिर निस्केको चटके कैदीले चितवनमा सुशासनको हाँक दिएछ,’ सफलले लेखेका छन्। उनले ‘धेरै चुरीफुरी गरे’ छिटोभन्दा छिटो जेल हाल्ने चेतावनी दिएका छन्। 

लामिछानेको थुनामुक्त आदेशलाई सफलले ‘बेन्च सपिङ’को आरोप लगाएका छन्। उक्त आदेशमा संलग्न न्यायाधीशहरूविरुद्ध उनले शुक्रवारै न्याय परिषद्को सचिवालयमा उजुरी दिएका थिए। 

प्रकाशित: ५ पुस २०८२ १९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App