९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिप : नेपालले भुटानको सामना गर्दै

साफ यू-२० पुरुष च्याम्सिपयनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दै छन्। 

माल्दिभ्समा हुने सो च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ।

नेपाल भुटानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ। प्रतियोगितामा कूल ७ टोलीले प्रतिस्पर्धा गर्दै छन्, जहाँ यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह 'ए'मा नेपालसहित आयोजक राष्ट्र माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह 'बी'मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

प्रकाशित: ९ चैत्र २०८२ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App