१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले हरेक हप्ता कार्यकर्तालाई अनलाइन प्रशिक्षण दिने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै हरेक हप्ता अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागले हरेक शनिवार बेलुका ७ बजेदेखि नियमित रूपमा कार्यकर्तालाई अनलाइन प्रशिक्षण चलाउने निर्णय भएको हो। 

‘प्रशिक्षण कार्यक्रम २०८२ मङ्सिर १३ गतेदेखि फागुन १६ गतेसम्म निरन्तर रूपमा सञ्चालन हुनेछ,’ प्रशिक्षण विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रशिक्षणमा निर्वाचनसम्बन्धी विभिन्न नीतिगत, प्राविधिक तथा कार्यान्वयन पक्षका महत्त्वपूर्ण विषयहरू समेटिनेछन्।’

सूचनामा देश तथा विदेशमा रहेका पार्टीका सदस्यलाई प्रशिक्षणमा भाग लिन आह्वान गरिएको छ। प्रशिक्षणका लागि ‘जुम लिंक’ पार्टीको आधिकारिक संयन्त्रमार्फत उपलब्ध गराइने भनिएको छ। 

प्रकाशित: १० मंसिर २०८२ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App