१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय बैठक भर्चुअल बस्ने

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको रास्वपाले जनाएको छ। 

प्रवक्ता मनिष झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए।  

सभापति रवि लामिछाने अस्वस्थ भएपछि बैठक भर्चुअल बस्न लागेको हो। हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले छन्। 

नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन्।अरु केही नेताहरु भने कार्यालयबाट फर्किएका थिए। 

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ।

समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले अनुमान गरे।

प्रकाशित: १ चैत्र २०८२ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App