९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

नेताकार्यकर्तालाई रास्वपाको निर्देशनः बडादसैंमा शुभकामनाबाहेक उपहार नलिनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैंका अवसरमा शुभकामना पत्रबाहेकका उपहार नलिन पार्टी नेताकार्यकर्तालाई निर्देशन गरेको छ। पाटी प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।  

यस्तै विज्ञप्तिबाटै पार्टीका निवर्तमान सांसदहरुलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।  

यस्तै जेन–जीको अगुवाइमा भएको आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको बताउँदै यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ।  

प्रकाशित: १३ आश्विन २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App