२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको महाधिवेशन स्थल फेरियो : गेष्टहाउस चौरमा उद्घाटन, प्रदर्शनी केन्द्रमा बन्दसत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल परिवर्तन भएको छ।

यसअघि चितवनको टाँडीस्थित स्टार बेंक्वेट होटल र संगै परिसरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको हो।

पार्टी प्रवक्ता मनिष झाले भरतपुरमा महाधिवेशन हुने निश्चित भएको नागरिक दैनिकलाई जानकारी दिए।

टाँडीको व्यवस्थापनले गर्मी नधान्ने भन्दै जिल्लाका पदाधिकारीले सभापति रबि लामिछानेलाई संशोधन गर्न सुझाएका थिए। उनीहरुले भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्र सुझाएको भन्दै जिल्लाको सुझावअनुसार सभापति लामिछानेले वातावरण अनुकूल हुनेगरी चितवन प्रदर्शनी केन्द्रलाई नै तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए। टाँडीमा महाधिवेशन नहुने भएपछि त्यहाँ स्टेज निर्माणका काम हिजो बेलुकादेखि रोकिएको छ।

चितवन प्रदर्शनी केन्द्रमा तीनवटा हल छ। अत्यधिक गर्मीमा एसी, एयर कन्डिसनको सिस्टम छ। एउटा हलमा बन्दसत्र गरिनेछ। जहाँ ३५ सय मान्छे राख्न सकिन्छ। अर्को हलमा खाना व्यवस्थापन गरिनेछ। अर्को हल प्रतिनिधि सदस्यहरु बस्ने आराम गर्न प्रयोग गरिनेछ।

सवारी व्यवस्थापन र सुरक्षाको हिसाबले पनि यो उपयुक्त भएको उनको भनाइ छ। जिल्ला सभापति इन्जिनियर मिनि माधव खनालले उद्घाटन सत्र असार ७ गते दिउँसो दुई बजेपछि मात्र हुनेछ।

प्रकाशित: २ असार २०८३ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App