निर्वाचन आयोग ले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहको उम्मेदवारी रद्द गरिएको हो। उनले कुराकानीमा आवश्यक कागजातका आधारमा निर्णय गरिएको बताए।
कर्जा सूचना केन्द्र को अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा परेका देखिएका छन्। साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा उल्लेख रहेको विवरण आयोगले पाएको जनाएको छ।
कालोसूचीमा नाम समावेश हुनु निर्वाचनसम्बन्धी कानुनी प्रावधानविपरीत हुने भएकाले उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १४:३७ मंगलबार





