१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइले रास्वपाको बन्दसत्र आजलाई स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत तय गरिएको बन्दसत्र आज सुरु नहुने भएको छ। प्रतिनिधि परिचयपत्र वितरण प्रक्रिया समयमै पूरा हुन नसकेपछि बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो।

रास्वपाको निर्वाचन आयोग स्रोतका अनुसार आजको दिन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। परिचयपत्र वितरण सम्पन्न भएपछि भोलिदेखि मात्रै बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ।

कार्यतालिका पछाडि सरेसँगै महाधिवेशनको समग्र अवधि स्वतः एक दिन लम्बिएको छ। यसले संगठनात्मक प्रक्रिया, छलफल र नेतृत्व चयनसँग सम्बन्धित आगामी कार्यक्रमहरू पनि पुनः तालिकाअनुसार समायोजन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

स्रोतका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या ३८ सय नाघेको छ। प्रतिनिधिको उच्च सहभागिताका कारण व्यवस्थापन र परिचयपत्र वितरण प्रक्रियामा अपेक्षाभन्दा बढी समय लागेको बताइएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ, जहाँ नेतृत्व चयनसँगै आगामी संगठनात्मक दिशा तय गर्ने एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ असार २०८३ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App