१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक : रवि-बालेनबिचको सहमति अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र साहबिचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख साहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिविम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ।

प्रकाशित: १४ पुस २०८२ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App