१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर

सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै पार्टीभित्र र बाहिर चर्को विरोध भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो छलफलमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरू सहभागी हुनेछन्। बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

प्रवक्ता झाले बैठकको जानकारी दिँदै भने, 'राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिज्यू समेत) हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदज्यूहरूलाई उपस्थितिको लागि अनुरोध छ।'

एजेन्डाबारे केही नबताइए पनि सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै आलोचना भइरहेको समयमा हुन लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App