२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रक्षाबन्धनमा भैरहवा जेल अगाडि रास्वपाको कार्यक्रम, रविको ‘डमी’मा राखी बाँध्न आह्वान

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन्। तर, रास्वपाले उनको 'कट आउट' तस्बिरमा राखी बाँध्ने कार्यक्रमको आयोजना गरेको छ।

शनिबार (भोलि) परेको जनै पूर्णिमा तथा राखी बाँध्ने दिनको अवसर पारेर रास्वपाले पार्टी सभापति लामिछानेको कट आउट तस्बिरमा राखी बाँध्ने कार्यक्रम राखेको हो।

रास्वपा नेता दीपक बोहराका अनुसार लामिछानेको कट आउट तस्बिर भैरहवा कारागार अगाडिको प्राङ्गण र केन्द्रीय कार्यालय वनस्थलीमा उभ्याइनेछ। उक्त कट आउट तस्बिरमा दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म राखी बाँध्न सकिनेछ।

'रवि लामिछानेको कट आउटमा रक्षाबन्धन/राखी गरी अन्यायविरुद्ध ऐक्यबद्धता जनाउन चाहनुहुनेहरूले श्रावण २४ गते शनिबार, २०८२ दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेट अगाडिको मन्दिर प्राङ्गण र घण्टीघर, चःमति, वनस्थली, काठमाडौंमा आउनुहोला,' बोहराले लेखेका छन्।

प्रकाशित: २३ श्रावण २०८२ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App