राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी कार्यकर्ताले पार्टी नेतृत्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई दीर्घकालीन रूपमा सशक्त बनाउन आफूहरू समर्पित रहेको बताएका छन्।
गुल्मीबाट महाधिवेशनमा सहभागी भएकी प्रतिनिधि देवी रानाले पार्टी सभापति रवि लामिछानेले भोग्नुपरेका दुःख र चुनौतीप्रति दु:ख व्यक्त गर्दै पार्टीको पक्षमा आफूहरू दृढ रहेको बताइन्। उनले पार्टीलाई कमजोर हुन नदिने प्रण गरिन्।
उनले आफू महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएको बताउँदै पार्टीले योग्य नेतृत्व चयन गरी संगठनलाई बलियो बनाउने भन्दै प्रतिनिधिहरूको भूमिका नेता चयन गर्ने र पार्टीलाई सही दिशामा लैजाने रहेको बताइन्।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। महाधिवेशनबाट पार्टीको नेतृत्व चयन, संगठनात्मक संरचना सुदृढीकरण तथा भावी राजनीतिक कार्यदिशा तय हुने बताइएको छ।
प्रकाशित: ९ असार २०८३ ०८:३५ मंगलबार





