४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ।

कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम,  राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन्।

कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०८३ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App