२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

उदयपुरमा समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा

उदयपुरमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  दबदबा कायम गरेको छ।  

सोमबार सम्पन्न मतगणनाको विवरणअनुसार उदयपुर क्षेत्र नं. १ मा रास्वपाले सबैभन्दा धेरै ३३ हजार ८ सय १३ मत प्राप्त गरेको छ।

दोस्रो स्थान श्रम संस्कृति पार्टीले १२ हजार २ सय ६ मत पाउँदा तेस्रो स्थान पाएको एमालेले ९ हजार १ सय ४१ मत ल्याएको छ।

रास्वपाले पाएको मत प्रत्यक्षतर्फ भन्दा ३ हजार ३ सय २३ मतले बढी हो भने श्रम संस्कृतिले प्रत्यक्ष भन्दा ६ सय ९ मत बढी पाएको हो।  

यस्तै, नेपाली कांग्रेसले ८ हजार ७ सय ९९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ३१ मत पाएको छ।  

उदयपुर १ मा समानुपातिकतर्फ ८० हजार १ सय २० मत खसेकोमा ७६ हजार ३२ मत सदर र ४ हजार ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

त्यसैगरि २ नं. क्षेत्रमा पनि रास्वपाले १९ हजार ८ सय १ मतका साथ पहिलो स्थान ओगटेको छ। दोस्रो स्थानमा रहेको एमालेले ६ हजार ५ सय २४ मत पाउँदा कांग्रेसले ५ हजार ८ सय १८, श्रम संस्कृति ४ हजार ९ सय ९२ र  नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ६ सय ९५ मत पाएको छ।  

यहाँ खसेको ४५ हजार ७३ मतमध्ये सदर मत ४२ हजार १ सय ८८ र २ हजार ८ सय ८५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App