२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य निस्कासित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक उपाध्यक्ष र एक केन्द्रीय सदस्यलाई कारवाही गरेको छ । पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै राप्रपाले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएको हो ।  

अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई साधारण सदस्यमात्र रहने गरी कारवाही गरेको उल्लेख गरेका छन् ।  

एक नेताका अनुसार, पार्टीको हित विपरित गतिविधि गरेको, नीति र नेतृत्वबारे भ्रम फैल्याएको, पार्टीविरुद्ध अभिव्यक्ति दिएको लगायत कारण देखाउँदै उनीहरुलाई कारवाही गरिएको हो ।  

दुवै नेतालाई अध्यक्ष लिङदेनले आफैं उपाध्यक्ष र केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

प्रकाशित: २८ फाल्गुन २०८२ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App