राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ।
बैठक मध्याह्न साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
यस पटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुने र बैठकले महाधिवेशनको मिति समेत तोक्ने उनले बताए।
प्रकाशित: ४ असार २०८३ १०:२२ बिहीबार



-600x400.jpg)

-600x400.jpg)