सांसद् भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि कानुन बन्न ढिलाई भएको बताइन् ।
दशकौंदेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय ओझेलमा परेको भन्दै उनले संविधान जारी भएको १० वर्षसम्ममा पनि संविधानले नै दिएको अधिकार प्राप्त गर्न नसकेको गुनासो गरिन् ।
संविधानको विभिन्न धाराले दिएको अधिकार कागजमा मात्रै सीमित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । आगामी नीति तथा कार्यक्रममार्फत आफ्नो समुदायको आवाज सम्बोधन हुन लागेको भन्दै उनले सरकारलाई धन्यवादसमेत दिइन् ।
प्रकाशित: २९ वैशाख २०८३ १३:३३ मंगलबार





