गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। कांग्रेसका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।
बागलुङ–२ (ख) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। वैशाख २ गतेदेखि लागू हुने गरी आफुले राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन्। गण्डकी सरकारमा मन्निपरिषद् फेरबदल हुँदा कुँवरले पनि मन्त्री बन्ने चाहना राखेका थिए। तर, अन्तिम समयमा उनी मन्त्री बन्न पाएका थिएनन।
राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्। उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।
‘योपटक म जसरी पनि मन्त्री बन्नुपर्छ भनेर उनले दलको बैठकमा पनि भन्दै आएका थिए,’ श्रोतले भन्यो,‘नयाँलाई काम गरेर देखाउने अवसर दिनुपर्छ भन्ने उनको भनाई थियो। मन्त्री बन्ने इच्छा बुझिन्थ्यो। तर, नाम मन्त्रीमा नपरेपछि राजीनामा दिएको अनुमान छ ।’
कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसमा उनी आकांक्षी भएपनि नाम समेटिएको थिएन । कांग्रेस श्रोतका अनुसार उनले नयाँ र युवापुस्ताका सांसदलाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका थिएन।
‘योपटक म जसरी पनि मन्त्री बन्नुपर्छ भनेर उनले दलको बैठकमा पनि भन्दै आएका थिए,’ श्रोतले भन्यो,‘नयाँलाई काम गरेर देखाउने अवसर दिनुपर्छ भन्ने उनको भनाई थियो। मन्त्री बन्ने इच्छा बुझिन्थ्यो। तर, नाम मन्त्रीमा नपरेपछि राजीनामा दिएको अनुमान छ ।’
मुख्यमन्त्री कार्यालयका अनुसार, नेपाली कांग्रेसबाट जीत शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा भीम कार्की नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नै सपथग्रहण गराइसकेका छन्।
प्रकाशित: २ वैशाख २०८३ १४:०९ बुधबार





