प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेको व्यक्तिले धम्की दिएपछि कारवाही गर्न निर्देशन दिएको छ।
फोन मार्फत वडा सचिवलाई धम्काउने र डर, त्रास दिने प्रकाश खड्कालाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्ति अनुसार राष्ट्रसेवक कर्मचारीमाथि डर, त्रास र मानसिक दबाब सिर्जना गर्ने कार्यले सुशासन र विधिको शासनमाथि चुनौती थप्ने र सरकारी निकाय वा प्रधानमन्त्री कार्यालयको नाम जोडेर कुनै पनि प्रकारको धम्की, बार्गेनिङ वा अनुचित दबाब सिर्जना गर्न नहुने बताइएको छ ।

प्रकाशित: २ जेष्ठ २०८३ १४:५२ शनिबार





