बागमती प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले बागमती प्रदेश सभाको चालु अधिवेशनको बैठक आज जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।
त्यसैगरी, सो बैठकले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई अब प्रदेशको राजधानी हेटौँडामा स्थानान्तरण गर्न स्वीकृत प्रदान गरेको छ।
सो बैठकले वातावरण संरक्षण ऐनलाई संशोधन गर्ने विधेयक र ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८’ संशोधन गर्न संसद्को समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तामाङले बताए।
प्रकाशित: १ जेष्ठ २०८३ ०६:३९ शुक्रबार





