राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमा ‘भिटामिन डी’ को कमी देखिएको छ।
सोमबार रगतको परीक्षण गरेपछि उनमा भिटामिन डीको केही मात्रा कमी देखिएको उनको उपचारमा संलग्न चिकित्सक राष्ट्रिय ट्रमा सेन्टरका मेडिसिन डा. जितेन्द्र यादवले जानकारी दिए।
उनका अनुसार लामिछानेले उच्च रक्तचापको पहिलेदेखि नै औषधि सेवन गरिरहेको पाइएको छ। हालको रक्तचाप सामान्य रहेको र अन्य स्वास्थ्य पनि सामान्य रहेको उनले नागरिकलाई बताए।
लामिछानेको स्वास्थ्यमा समस्या भएको मागपछि सोमबार राष्ट्रिय ट्रमा सेन्टरबाट चिकित्सक झिकाएर स्वास्थ्य परीक्षण गरिएको थियो।
लामिछानेलाई स्वास्थ्य समस्याको कारण देखाई बुटवलबाट काठमाडौँ ल्याई नख्खु जेलमा सारिएको थियो।
प्रकाशित: ३ भाद्र २०८२ १५:४० मंगलबार





