२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रवि लामिछानेलाई अयोध्यामा स्वागत, ४५ मिनेट राम मन्दिर दर्शन गरेर फर्किए

अयोध्याको राम मन्दिर दर्शन गरेर राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको टोली शुक्रबार काठमाडौं फर्किँदै छन्। शुक्रबार बिहान करिब ६ बजे अयोध्यास्थित होटल दि रेडिशनबाट निस्किएका लामिछानेसहितको टोली राम मन्दिर दर्शनका लागि पुगेका थिए।

४५ मिनेट राम मन्दिर दर्शन गरेका लामिछानेसहितको टोली लखनउ-दिल्ली हुँदै काठमाडौं फर्किदै छन्। राममन्दिर दर्शनका लागि सभापति लामिछाने, पत्नि निकिता पौडेल, सचिवालय सदस्यहरू दीपक बोहरा र बिपिन आचार्य पनि अयोध्यास्थित राम मन्दिर दर्शनमा सहभागी भएका थिए।

लामिछानेसहित पाँच दिने भ्रमण टोलीको भारत भ्रमण रामको जन्मभूमि अयोध्या पुगेर शुक्रबार टुंगिएको छ। नेपाल र अयोध्याको धार्मिक र साँस्कृतिक सम्बन्ध रहेको राम जन्मभूमिमा आएर पाँच दिने भ्रमण टुंगिनुले दुई देशबिचको धार्मिक र साँस्कृतिक नाता थप गहिरिएकाले यसलाई भारतीय पक्षले अर्थपूर्ण मानेको छ। अयोध्याबाट फिर्ता भएपछि अन्य ठाउँमा भेटभाट वा छलफलमा सहभागी नभएर लामिछानेसहितको भ्रमण टाली आज काठमाडौं फर्किने भ्रमण टोलीका सदस्यले जानकारी गराए।

भ्रमण टोलीका सदस्यका अनुसार अति विशिष्ट व्यत्तित्वहरूसँगको भेटघाटले नेपाल-भारतसँगको सम्बन्धले अझै उचाइ चुमेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उदृद्ध गर्दै भ्रमणमा सहभागी सदस्यले भने, ‘भारत पुग्न दुई घन्टा लाग्छ तर तपाईँहरू २० वर्षपछि आउनुभयो भन्दा भ्रमणले सार्थकता पाए जस्तो लाग्यो।’

बिहीबार वन टु वन वार्ता वा छलफलमा भारतको दिल्लीमा व्यस्त दैनिकी बिताएका सभापति लखनउ हुँदै अबेर राति राम जन्मभूमि टेकेका हुन्। भ्रमण टालीले प्रधानमन्त्री मोदी, विदेश मन्त्री एस जैशंकर, गृहमन्त्री अमित शाह र भाजपाका अध्यक्ष नितिन नबिन र परराष्ट्रमन्त्रीसँग वन टु वन वार्ता भएको जानकारी प्राप्त भएको छ।

स्रोतका अनुसार शुक्रबार भिआईपिको प्रवेशद्वार ११ नम्बर गेटबाट पाँच बजे राम मन्दिरको दर्शन गर्ने भने पनि निर्धारित समयमा हुन नसक्ने भएपछि शुक्रबार बिहान ६ बजे लामिछाने राम मन्दिर दर्शनका लागि हिँडेका थिए। भाजपा नेता, जिल्ला मजिस्ट्रेट बिहान स्वागतका लागि होटल पुगेका थिए। अयोध्याको राम मन्दिरको आकृति रहेको उपहार प्रदान गरेका थिए। विधायक बेद प्रकाश गुप्ता, सिटि मेजिस्टेट संजिवकुमार उपाध्याय, मेयर ग्रिस पतित त्रिपाठी र सिडिओ (डिएम) संशाक त्रिपाठी लगायतको सहभागितामा करिब ४५ मिनेट राम मन्दिर दर्शन गरेका थिए।

अयोध्या सहरको ठाउँठाउँमा भाजपाका जिल्ला नेताहरू र सभापतिको तस्बिरसहितको होडिङ बोर्ड सहरको ठाउँ-ठाउँमा लगाइएको थियो।

प्रकाशित: २२ जेष्ठ २०८३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App