राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्। आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पुगेर जिम्मेवारी सम्हालेपछि साँझ नै लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न जान लागेका हुन्।
स्रोतका अनुसार लामिछाने अहिले साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नेछन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने उच्च अदालतको आदेश पछि शुक्रवार मात्रै थुनामुक्त भएका थिए।
प्रकाशित: ६ पुस २०८२ १८:०३ आइतबार





