राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
खरेलका अनुसार बैठक आज बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित: १४ कार्तिक २०८३ ०८:१३ शनिबार





