१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै

नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।

सरकारले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकारमा भय र त्रासको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै महासंघले विरोधस्वरूप मौन धर्ना आयोजना गर्न लागेको हो।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जारी गरेको सूचना अनुसार सरकारले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने गतिविधि गरेको छ। यस्ता गतिविधिको विरोध गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि धर्ना दिन लागिएको महासंघले जनाएको छ।

शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म माइतीघर मण्डलामा हुने कार्यक्रममा सम्पूर्ण पत्रकार, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई सहभागी हुन महासंघले आह्वान गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App