१ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा र नागरिक उन्मुक्तिका पूर्वनेतृत्वबीच सहमतिपत्रमा हस्ताक्षर, पार्टी समायोजन घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व एवं थरुहट/थारुवान अभियन्ताहरूबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ मा दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

रास्वपामा समाहित हुने क्रममा तयार पारिएको सहमतिपत्रमा पार्टीका तर्फबाट सभापति रवि लामिछाने र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वको तर्फबाट पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डितलगायतले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहसँगै थरुहट/थारुवान क्षेत्रका विशेष नेतृत्व र अभियन्ताहरू रास्वपामा विधिवत् रूपमा प्रवेश गरेका छन्।

कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ।

अहिले राष्ट्रिय सभागृहमा समायोजन घोषणा सभा तथा नेताहरूको सम्बोधन कार्यक्रम जारी छ।

प्रकाशित: २१ पुस २०८२ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App