१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नगर्ने, पुरानै सिफारिस प्रक्रियाबाट उम्मेदवार छान्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको अभ्यास लागू नगर्ने निर्णय गरेको छ।

पार्टी एकताका कारण प्राइमरी इलेक्सन सम्भव नभएपछि रास्वपा पनि अन्य परम्परागत दलहरूको शैलीअनुसार उम्मेदवार छनोट प्रक्रियामा जाने भएको हो।

रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरेको उम्मेदवार सिफारिस समितिको बैठकले उम्मेदवार छनोटको विधि तय गरेको हो । यो निर्णयअनुसार अब रास्वपामा पनि क्षेत्रीय र जिल्ला समितिबाट उम्मेदवार सिफारिस गरिनेछ। ती समितिबाट आएका नामहरूलाई एकत्रित गरी केन्द्रीय उम्मेदवार छनोट समितिले अन्तिम सिफारिस गर्ने व्यवस्था गरिएको छ।

पार्टीले यसअघि प्रत्यक्षतर्फका उम्मेदवार आकांक्षीहरूबाट आवेदन माग गरेको थियो। पुस २६ गतेसम्मको म्यादभित्र सयौँको संख्यामा आवेदन परेको र ती आवेदनहरू पनि मापदण्डका आधारमा छनोट समितिले अध्ययन गर्नेछ।

 

प्रकाशित: २८ पुस २०८२ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App