सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफैं पत्रिका निकाल्ने भएको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले असोज महिनादेखि 'स्वतन्त्र' नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय गरेको हो। रास्वपाले पत्रिका प्रकाशनमा रहने टोलीबारे भने जानकारी सार्वजनिक गरेको छैन।
सहकारी ठगीसम्बन्धी मुद्दामा जेलमा रहँदा होस् अथवा बाहिर रहेका बेला सभापति रवि लामिछानेले नेपालका अधिकांश मिडियाले आफूलाई सहयोग नगरेको गुनासो गर्दै आएका थिए। रास्वपा नेतृत्वको सरकार पनि मिडियासँग नजिक रहेर काम गर्ने मनस्थितिमा नरहेको जानकारहरु बताउँछन्।
शुक्रबारको बैठकले विभिन्न विभाग प्रमुख तोक्ने, सचिवालयमा सदस्य थप गर्ने, केन्द्रीय सदस्य मनोनित गर्नेलगायत महत्त्वपूर्ण निर्णयहरु गरेको छ।
प्रकाशित: ५ भाद्र २०८३ १८:१२ शुक्रबार





-600x400.jpg)