कांग्रेस नेता एनपी साउदले कानुन निर्माणको समयावधिका कारणले सरकारले अध्यादेशमार्फत कानुन निर्माणको बाटो रोजेको बताएका छन् । नागरिक दैनिकको फ्रन्टलाइनमा कुराकानी गर्दै उनले सरकारले छोटो बाटो रोजेको बताए । उनले भने, ‘प्रक्रियागत रुपमा कानुन निर्माणको बाटो चुनौतीपूर्ण छ । समय पनि लाग्छ । त्यसलाई छल्न सरकारले छोटो बाटो रोजेको हुनसक्छ ।’
अन्तर्राट्रिय अभ्यास, संवैधानिक व्यवस्था, लोकतान्त्रिक अभ्यासलाई हेर्दा कानुन निर्माणको बाटो लामो भएको बताउँदै उनले त्यसलाई छल्नु गैर जिम्मेवार भए पनि सरकारले सोही काम गरेको बताए ।
जनताका लागि बनाइने कानुन जनतासँग छलफल गरेर नै पारित गर्नुपर्ने पनि उनले बताए । साउदले सदन नभएका बेला सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरुले नै अध्यादेश ल्याउने व्यवस्था गरेको बताउँदै सदन रोकेर अध्यादेश ल्याउनु गलत हुने बताए ।
प्रकाशित: ३० वैशाख २०८३ १९:४४ बुधबार



-600x400.jpg)

