१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

संसदमा प्रश्न: नेपालीको जग्गामा भारतीयको रजगज कहिलेसम्म ?

रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुरका बासिन्दा सीमा विवाद र खुला सीमाका कारण गम्भीर समस्यामा परेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमा व्यवस्थापनको कमजोरीले स्थानीय जनताले ठूलो चुनौती झेल्नुपरेको उल्लेख गरे। ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो कठिनाइ भोगिरहेका छन्, जहाँ गोविन्द गौतमले समेत सहादत प्राप्त गर्नुभएको थियो,’ उनले भने।

कञ्चनपुर–१ बाट निर्वाचित धामीले नेपाली नागरिकसँग लालपुर्जा हुँदाहुँदै पनि जमिन भारतीय पक्षको प्रयोगमा रहेको गुनासो गरे। ‘नेपालीहरूको हातमा लालपुर्जा छ, तर जग्गा भारतीयहरूको चलनभोगमा छ,’ उनले बताए।

उनका अनुसार ३८ नम्बर सीमाक्षेत्र आसपास भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गर्दै आएको छ। साथै, बेलौरी भन्सारको स्तरउन्नति नहुँदा अपेक्षित राजश्व संकलन हुन नसकेको पनि उनले औंल्याए।

क्वारेन्टाइनको पर्याप्त व्यवस्था नहुँदा स्थानीयको स्वास्थ्यमा नकारात्मक असर परेको उनले बताए। खुला सीमाका कारण लागूऔषध ओसारपसार र दुर्व्यसन बढ्दै जाँदा युवाहरूको भविष्य जोखिममा परेको पनि उनले चिन्ता व्यक्त गरे।

सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापन नहुँदा किसान र व्यापारीहरू समेत प्रभावित भएको उल्लेख गर्दै धामीले समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: २५ चैत्र २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App