नेकपा (एमाले)का सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको बताउँदै उनले सरकारको आधिकारिक धारणा के हो? र यो आयोजना बन्ने हो कि रोकिने हो? भन्दै प्रश्न गरे।
‘सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि, सरकारको आधिकारिक धारणा के हो? यो आयोजना बन्ने हो कि रोकिने हो? आज ताप्लेजुङका जनता गहिरो अन्योलमा छन्,' उनले भने।
सोही क्रममा उनले एकातिर विरोधका कार्यक्रमहरू सार्वजनिक भएका र अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारको दृष्टिकोणले आयोजना अनिवार्य रूपमा बन्नुपर्छ भन्ने माग गरिरहेको जानकारी दिए।
प्रकाशित: ५ जेष्ठ २०८३ ११:५२ मंगलबार





