प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापासहित ६ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जङ्गी अड्डामा मंगलबार आयोजित एक कार्यक्रमका बिच सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार उपरथी थापा रथी दर्जामा पदोन्नति भएका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही अवसरमा सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरे।
यस्तै, सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँलाई समेत उनले दर्ज्यानी चिन्ह लगाइदिए।
यसैगरी, महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठले पनि सोही कार्यक्रममा दर्ज्यानी चिन्ह प्राप्त गरे। समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको समेत उपस्थिति थियो।
प्रकाशित: ८ मंसिर २०८३ १६:२६ मंगलबार





