८ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

पाकिस्तान ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता, रसिदले झारे दुवै विकेट

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

नेपालका बलर रसिद खानले पाकिस्तान ‘ए’ का दुवै ओपनरलाई पभेलियन फर्काएका हुन्।

खानले खेलको पाँचौं ओभरको अन्तिम बलमा ओपनर माज सदाकतलाई बोल्ड आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए। सदाकतले १४ बलमा २ चौकासहित १३ रन बनाएका थिए। उनी आउट हुँदा पाकिस्तान ‘ए’ को स्कोर ३० रन थियो।

यसअघि खानले नै खेलको पहिलो ओभरको पाँचौं बलमा अर्का ओपनर श्यामल हुसेनलाई ६ रनको व्यक्तिगत स्कोरमा मायन यादवको हातबाट क्याच आउट गराएका थिए। हुसेनले ५ बल खेल्दै १ छक्का प्रहार गरेका थिए।

ताजा अवस्थामा पाकिस्तान ‘ए’ ले ५.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३१ रन बनाएको छ। अहिले क्रिजमा हैदर अली १३ बलमा १ छक्कासहित ११ रन र हसन नवाज खाता नखोली खेलिरहेका छन्।

नेपालका लागि रसिद खानले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका छन्। यस्तै, नन्दन यादवले २ ओभरमा १३ रन र अभिषेस गौतमले ०.३ ओभरमा १ रन दिएका छन्।

कतारको दोहामा जारी ५० ओभरको यो खेलमा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

प्रकाशित: ८ मंसिर २०८३ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App