१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

देउवालाई गगनको सुझावः आफ्नो स्तर ख्याल गर्नुहोस्, समानान्तर गतिविधि नरोके कारवाही हुन्छ

नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। महाधिवेशनका लागि देश दौडाहामा रहेका देउवाले कांग्रेसको चुनाव चिन्ह आफूहरुले पाउनेसहितका दाबी गरेपछि सभापति थापाले असन्तुष्टि जनाएका हुन् ।  

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै पार्टीमा दुईवटा अधिवेशन हुनै नसक्ने बताए। कांग्रेसको चारतारे झण्डा मुनी रहेका कुनै पनि नेता र कार्यकर्तालाई कारबाही नगर्ने बताउँदै उनले आगामी दिनमा थप सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे। मुलकमा अब एउटामात्र नेपाली कांग्रेस रहेको बताउँदै सभापति थापाले अर्को समूहमा लागेर नेपाली कांग्रेसलाई अपमान गर्ने कार्यप्रति पार्टी कठोर बन्ने चेतावनी दिए।  

सभापति थापाले पूर्वसभापति देउवाले विभिन्न सभा र भेलामा बोलेका कुराप्रति कुनै टिप्पणी नगर्ने बताउँदै आफ्नो स्तर भने कायम राख्न सुझाव दिए । पाँच पटकसम्म प्रधानमन्त्री भएको र लामो समय पार्टीको नेतृत्व गरिसकेको व्यक्तिले चालेका कदम र विभिन्न स्थानमा गरिएको दाबी पार्टीको विधान विपरित रहेको बताउँदै थापाले आफ्नो स्तर अनुसारको काम गर्ने आग्रह गरे। आफूले यसअघिका सम्बोधनमा देउवालाई अन्य नेताहरुले झुक्याएको बताउने गरेपनि पछिल्ला गतिविधिले पूर्वसभापति देउवाले अन्य नेतालाई झुक्याएको लाग्न थालेको दाबी गरे।  

सभापति देउवाले पूर्वसभापति देउवासहितका नेताहरुले तत्काल समानान्त गतिविधि नरोके कारबाहीका चेतावनी पनि दिए ।  

प्रकाशित: ८ मंसिर २०८३ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App