२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

विश्वराजलक्षित रास्वपा सांसद कार्कीको प्रश्न : म 'माननीय' भनेको राम्रो सुनिन्छ र?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले आफ्नै पार्टीका सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको विषयमा बोलेका छन्।

उनले 'माननीय' भनेको राम्रो सुनिन्छ र प्रश्न गरे। साथै उनले आवश्यक नै भयो भने माननीयको साटो सांसद भन्दा नै राम्रो सुनिने बताए।

सांसद कार्कीले सांसद पद बढीमा पाँच वर्ष भएकाले कसैले भुइँ नछोड्न आग्रह समेत गरे।

'म माननीय भनेको राम्रो सुनिन्छ र? सुनिँदैन त। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यही सांसद पद पनि बढीमा ५ वर्ष हो। के बानी पार्नु? अनि 'हजुर एक भोट दिनुस् न' भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु! भुइँ नछोडौँ न है।'

प्रकाशित: १२ वैशाख २०८३ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App