राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का लागि पुकार बमलाई उम्मेदवार बनाएको छ। यससँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले आफ्ना उम्मेदवार टुंग्याएको छ।
अघिल्लो निर्वाचनमा पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसपटक भने काठमाडौं १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाइएपछि बम काठमाडौं ४ बाट उम्मेदवारी दिएका हुन्।
प्रकाशित: ६ माघ २०८२ ११:४४ मंगलबार





