८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

लोकप्रिय मत पाएपछि पिएसको प्रतिक्रिया: एमाले प्रतिस्पर्धामा च्याम्पियन पार्टी हो

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले एमाले प्रतिस्पर्धामा च्याम्पियन पार्टी भएको दाबी गरेका छन्। पदाधिकारीमध्ये सर्वाधिक लोकप्रिय मत(१७३७)सहित विजयी भएपश्चात् बिहीबार पत्रकारसँग कुराकानी गर्दै गुरुङले यस्तो बताएका हुन्। 

‘नेकपा एमाले प्रतिस्पर्धामा खारिएको पार्टी हो, प्रतिस्पर्धामा च्याम्पियन र विश्वास गर्ने, त्यसैबाट श्रेष्ठता हासिल गरेको पार्टी हो,’ गुरुङले भने, ‘जसले धेरै कार्यकर्ताको मत प्राप्त गर्छ उसले पार्टीलाई झन् एकताबद्ध गरेर लैजान्छ।’ पार्टीभित्र उपाध्यक्ष र उपमहासचिवमा मिश्रित परिणाम आएको टिप्पणी गर्दै उनले कार्यकर्ताबाट सही मूल्याङ्कन भएको उनले दाबी गरे। 

‘म के भन्न चाहन्छु भने हामी जनताको बहुदलीय जनवादका चेलाहरू हौँ। यसले के भन्छ भने कार्यकर्ताले पत्याएको, विश्वास गरेको मान्छे पार्टी चलाउनुपर्छ भन्ने सिद्धान्त हो,’ गुरुङले भने। 

नेताको गुण अवगुण जनता कार्यकर्ताको मूल्यांकनको विषय बनाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको बताउँदै उनले सोही कारण आफूहरू महाधिवेशनमा प्रतिस्पर्धामा जाने बताए। उनले भने, ‘यसै भएकाले सबै हामी महाधिवेशनको हलबाटै निर्वाचित गर्छौँ।’ 

उनले पार्टी चलाउन कार्यकर्ता र राज्य चलाउन जनताबाट अनुमोदित हुनुपर्ने मान्यता रहेको बताए। ‘आज जति पनि कमरेड अनुमोदित हुनुभएको छ, सबै जबजको मान्यताको अभ्यासबाट हुनुभएको हो,’ उनले भने। 

प्रकाशित: ३ पुस २०८२ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App