३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन्।

उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

प्रकाशित: ३ आश्विन २०८३ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App