१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

विद्यार्थी संगठनकै कारण शिक्षा सुधार हुन सकेन भन्दै प्रचार गर्नु गलत : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले शिक्षा क्षेत्रमा सरकारको काममाथि असन्तुष्टि व्यक्त गरेका छन्।

उनले स्ववियु निर्वाचनका लागि २८ वर्षको उमेर सीमा लागू भइसकेको र लामो समयसम्म क्याम्पसमा भर्ना भइरहने प्रवृत्तिमा विश्वविद्यालयहरूले सुधार ल्याउँदै गएको उल्लेख गरेका छन्। साथै, विद्यार्थी संगठनहरूमा पनि उमेर हद लागू गर्ने प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।

'नेकपा एमालेका नेता विष्णु रिजालले भने विद्यार्थी संगठनको औचित्यमाथि स्वयं प्रश्न उठिरहेको छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'स्ववियुका लागि २८ वर्षको सीमा तोकेर राजनीति गर्नकै लागि ४० वर्षसम्म क्याम्पसमा भर्ना भइरहने कुरामा स्वयं विश्वविद्यालयल सुधार ल्याइसकेको छ र विद्यार्थी संगठनमा पनि उमेर हद लागू भइरहेको छ/हुँदैछ।'  

रिजालले शिक्षा क्षेत्रको सुधार विद्यार्थी संगठनमा मात्र सीमित नरहेको स्पष्ट पार्दै शिक्षाको गुणस्तर सुधारका लागि व्यापक संरचनात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्। विद्यार्थी संगठनकै कारण शिक्षा सुधार हुन नसकेको भन्दै गरिने प्रचार गलत रहेको उनको तर्क छ। उनले समग्र शिक्षा प्रणालीको पुनःसंरचना गर्दा विद्यार्थी संगठनको भूमिकाबारे सोच्न सकिने बताए।

'शिक्षा सुधारका लागि गर्नुपर्ने असंख्य कामहरू छन्। विद्यार्थी संगठन त एउटा सानो पक्ष मात्र हो। मुख्य विषय नै यही हो र शिक्षाको गुणस्तर नै विद्यार्थी संगठनले गर्दा सुधार भएन भने जसरी प्रचार गर्नु गलत छ,' उनले भने।

उनले संविधानले दिएको अधिकार संकुचन गर्ने प्रयासले विश्वविद्यालय तथा क्याम्पसमा अनावश्यक द्वन्द्व निम्त्याउने र मूल विषय ओझेलमा पर्ने चेतावनी दिएका छन्। उनले भने, 'समग्र शिक्षाको पुनःसंरचना गर्दा यसका बारेमा पनि सोच्न सकिन्छ। तर, अहिले संविधानले नै दिएको अधिकार छिन्ने गरी भइरहेका प्रयासले विश्वविद्यालय/क्याम्पसमा अनावश्यक द्वन्द्व सिर्जना गर्दछ र मूल विषय ओझेल पर्दछ।' 

उनले सरकारप्रति प्रश्न उठाउँदै भने, 'परिणाम चाहिएको हो कि प्रचार? सुधार चाहिएको हो कि होहल्ला?'

प्रकाशित: ८ वैशाख २०८३ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App