१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

समानुपातिकका दुई करोड मतपत्र छापिए, प्रत्यक्षतर्फको छपाइ सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात प्रत्यक्षतर्फ का मतपत्र छपाइ सोमबारबाट सुरु भएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छपाइ मेसिनको स्वीच अन गरी मतपत्र छपाइको औपचारिक शुभारम्भ गरेका हुन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गरिनेछ। 

आयोगले प्रत्यक्षतर्फका मतपत्र १५ दिनभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोगले फागुन ५ गतेभित्र सम्बन्धित सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याउने तयारी गरेको छ। त्यसका लागि आवश्यक व्यवस्थापन र ढुवानीको तयारी भइसकेको आयोगको भनाइ छ। 

प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित: १३ माघ २०८२ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App