प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई छलफल गर्न बोलाएकी थिइन् ।
आजको छलफलमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सकारकारका काम काहबाहीलाई कसरी प्रभावकारी बनाउने, निर्वाचनको वातावरण निर्माण, शान्ति सुरक्षा, सरकारको मितव्ययी नीति जस्ता विषयमा कुराकानी हुने बताइएको छ ।
प्रकाशित: १६ कार्तिक २०८२ १६:५९ आइतबार





