१५ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एक पछि अर्को गरी छलफल गरिरहेका छन्।

शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका छन्। अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन्।

यसैगरी उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने छन्।

प्रकाशित: १५ भाद्र २०८३ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App