प्रधानमन्त्री बालेन्द्र शाहले संविधान दिवसका अवसरमा शुभकामना दिएका छन्। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सन्देश जारी गर्दै उनले शुभकामना दिएका हुन्।
सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, तीव्र विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न २०७२ असोज तीन गते नेपालको संविधान जारी भएको उल्लेख गरिएको छ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, तीव्र विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। संविधान जारी भएको ११ वर्ष पूरा भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।’
प्रकाशित: ३ आश्विन २०८३ १०:०० शनिबार



-600x400.jpg)

