संविधान दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ। शनिबार कोशी संविधान दिवस समारोह मूल आयोजक समितिले विराटनगरमा प्रभातफेरी निकालेको हो।
विराटनगरको सहिद रंगशालाबाट निकालिएको प्रभातफेरीले विराटनगर बजारका विभिन्न भागको परिक्रमा गरी पुनः शहिद रंगशालमा पुगेर समारोहमा परिणत भएको थियो। प्रभातफेरीमा विभिन्न जातजातीका साँस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो।
झाँकीमा सहभागि हुन कोशी प्रदेशका विभिन्न जिल्लाबाट झाँकीहरू सभागि भएका थिए। जातजातीका झाँकीसँग नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, निजामति कर्मचारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सर्वसाधारणको सहभागिता रहेको थियो।
प्रकाशित: ३ आश्विन २०८३ ०९:४८ शनिबार





