१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता, निर्वाचनबारे छलफल

प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। बुधबार दिउँसो राष्ट्रपति निवासमै पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन्।  

भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेशकै बारेमा राष्ट्रपतिसँग परामर्श गर्न प्रधानमन्त्री कार्की पुगेको हुनसक्ने बुझिएको छ।  

प्रकाशित: ८ आश्विन २०८२ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App