२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेन भन्छन् : लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला प्रधानमन्त्रीज्यु

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन्।

शनिबार सामाजिक सुञ्जालमा लेख्दै बालेनले शुभकामना दिएका हुन‍्। साथै उनले लिपुलेक नेपालकै हो भन्ने कुरा चीनलाई सम्झाउन समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, 'चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।'

बालेनले यस विषयमा प्रधानमन्त्रीमाथि आफूहरूको पूर्ण विश्वास रहेको समेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्। 

प्रकाशित: १४ भाद्र २०८२ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App